कस्मिक, क्यारियर र हाईल्याण्ड सेमिफाइनलमा

profile-khel-dainikकस्मिक, क्यारियर र हाईल्याण्ड स्कुल ११ औं फेका कप फुटबल प्रतियोगिता २०७३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाईनल खेलमा कस्मिकले गेटवे एकेडेमीलाई ५ – ० गोल अन्तरले पराजित गरे । कस्मिकका अभिशेष श्रेष्ठले एक गोल गरे भने रञ्जन गुरुङ्ग र रोहन गिरीले २÷२ गोल गरे । गेटवेका मनिष कटुवाल म्यान अफ दि म्याच घोषित भए । सेमिफाइनलमा कस्मिकले न्यूस्टारपोलको सामना गर्ने भएको छ ।

यस्तै दोश्रो खेलमा क्यारियर र हेब्रोन पब्लिक स्कुलविच भएको खेल निर्धारित समय सम्म १÷१ गोलको बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो टाईब्रेकरमा गएको थियो । निर्धारित समयमा क्यारियरका जीवन धामी र हेब्रोनका पाउल तामाङ्गले गोल गरेका थिए । टाईब्रेकरमा  पनि दुवैको गोल ५÷५ भए पछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा क्यारियरले १३–१२ले हेब्रोनलाई पाखा लगाउंदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

यसैगरि अर्को खेलमा सुरेन्द्र खत्रीको २ गोल मद्धतले हाईल्याण्डले कोटदेवीलाई २–१ गोल अन्तरले पराजित गर्दैै सेमिफाइनलमा क्यारियरको सामना गर्ने भएको छ । कोटदेवीका यमन राईले एक गोल गरे । हाईल्याण्डका सुरेन्द्र खत्री म्यान अफ दि म्याच घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...