सुदूरपश्चिमाञ्चल गोल्ड कप पौष २१ देखि

profile-khel-dainikअन्तराष्ट्रिय आमन्त्रीत सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप –२०७३ फुटबल प्रतियोगिता प्रथम पटक धनगढीमा आयोजना हुने भएको छ ।

सुदूरपश्चिममा फुटबलको गतिबिधी बढाउने, उक्त खेलप्रति जागरुक गराउने, खेलको माध्ययमबाट पर्यटन विकास गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक अध्यक्ष सुरेश हमालले पत्रकार सम्मेलनम जानकारी गराए ।

सुदूरपश्चिमाञ्चल – ११ स्पोर्टस क्लब धनगढीको आयोजनामा हुने प्रतियोगितामा नेपालका १० र भारतका दुइ गरि कुल १२ ए डिभिजन क्लबको सहभागित रहनेछ ।

७० लाखको बजेट अनुमान गरिएको प्रतियोगितामा विजयी टिमले ५ लाख र उपविजयी टिमले २ लाख ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले १५÷१५ हजार प्राप्त गर्ने छन् । प्रत्येक गेमका म्यान अफ दि म्याचले नगद ५ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

एन्फाको नियममका खेलाईने प्रतियोगिता सुदूरपश्चिमकै ऐतिहासिक हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...