छैठौँ एञ्जल्स हार्ट खेल महोत्सव अन्र्तगत जूनियर बास्केटबलमा आयोजक एञ्जल्स् हार्टका दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मगंलबार भएको खेलमा एञ्जल्स् हार्ट एले सृजना ज्ञानसागरलाई २५–२० ले हराउदा सचिन जोशीले १० स्कोरको महत्वपुर्ण योगदान गरे । त्यस्तै आयोजक एञ्जल्स् हार्टकै बी टिमले लालिगुराँसमाथी २२–२० को रोमाञ्चक जित निकाल्दा प्रतिक क्षेत्रिले सर्बाधिक १४ स्कोरको महत्वपुर्ण योगदान दिए ।
मनमैजूस्थीत एञ्जल्स् हार्ट स्पोट्स एकेडेमिमा भएको जूनियर ब्वाइजकै क्वाटरफाइनल खेलमा बिएनएले सेबलाई २८–१६ ले हराउदा निसान थापाले १४ स्कोर गरे ।
सिनियर ब्वाइजको खेलमा ओडिसिले फेरिल्याण्डलाई ४१–३० ले हराउदा राकेश श्रेष्ठले २० स्कोर गरे । गल्र्सतर्फ भ्यालीपब्लिकले दोहोरो सफलता हात पार्दै सेमिफाइलनमा स्थान बनाएको छ । पहिलो खेलमा भद्रकालीलाई २०–१५ ले हराउदा दृष्टि श्रेष्ठले ८ स्कोर गरिन ।
दोस्रो खेलमा पनि भ्यालीले आयोजक एञ्जल्स् हार्टलाई २५–२३ ले हराउदा सविना सुवेदीले १० स्कोर गरिन । महोेत्सव अन्तर्गत टेबलटेनिस खेल सकिएको छ भने फुटबल खेल मंगलबारका लागि स्थगित भएको छ ।