ग्यालेक्सिलाई सफलता

c2पाचौँ एक्सेल्सीयर कप अन्तर्गत फाइभ ए साइड जूनियर फुटबलमा ग्यालेक्सि पब्लिक स्कुलले सानदार जित निकालेको छ । एक्सेल्सीयरको नवनिर्मीत आर्टिफिसियल टर्फमा भएको खेलमा रोहित राईको सर्बाधिक ५ गोलको महत्वपूर्ण योगदानमा ग्यालेक्सिले क्रियटिभ एकेडेमीलाई ९–१ को फराकिलो गोल अन्तरले हरायो । कृष्ण थापाको ४ गोलको मद्दतमा सिद्धार्थ बनस्थलीले रोजबोर्डमाथी ९–१ गोलको महत्वपुर्ण सफलता हात पारेको छ । त्यस्तै रातो बंगलाले मम हाउसामाथी १४–० गोलको एकतर्फी नतिजा निकाल्यो । रातो बंगलाबाट रेवत गुरुङ,कुनाल दिक्षित र श्रीयन मानन्धरले ह्याट्रिक पुरा गरेका थिए ।

पाचौँ एक्सेल्सीयर कप अन्तर्गत बास्केटबल खेलको सिनियर ब्वाईजमा ग्रिनफिल्ड,निम्स,महामञ्जुश्री र न्यूजेनिथले सफलता हात पारेका छन्। ग्रिनफिल्डले आयोजक द एक्सेल्सियर रातोलाई २०–१० स्कोरले हराउदा सुरज लामाले उत्कृष्ट प्रदर्शन गदै १८ स्कोरको योगदान दिएका थिए । निम्सले आयोजक द एक्सेल्सियर निलोलाई ५१–२६ स्कोरले हराउदा बिशाल बुढाथोकिले १४ स्कोर गरे । महेश खड्काको १३ स्कोरको मद्धतमा महामञ्जुश्रीले ग्यालेक्सीलाई ३२–११ ले हरायो । न्यू जेनिथले त्रिरत्नलाई ३८–११ ले हराउदा इसान खड्काले १३ स्कोर गरे । त्यस्तै जूनियर ब्वाइजको खेलमा नबोदितले निम्सलाई १६–११ले हराउदा लेखमान गुरुङले ८ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...