२१ औ फादर मोरान फुटबल जारी ; डल्फिन र डनबस्कोको जित

unnamedडल्फिन ईङ्गलीस स्कुल र नेपाल डनबस्को स्कुल “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत भएको लिग खेलमा जित हात पार्न सफल भएका छन् ।

नेपाल टेलिकमको प्रायोजनमा भएको प्रतियोगितामा डल्फिनले पासाङ्ग तामाङ्गको एक मात्र गोलले आयोजक सेन्टजेभियर पहेलोलाई १ – ० गोल अन्तरले पराजित ग¥यो । निशान्त तामाङ्ग प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै दोश्रो खेलमा नेपाल डनबस्को स्कुल, लुभुले नेपाल एपिएफ स्कुल किर्तिपूरलाई ३ – २ गोल अन्तरले पाखा लगायो । डनबस्कोका लागि मिचेल तामाङ्गले २ र आर्यन बरालले एक गोल गरे । यस्तै एपिएफका लागि सुलभ सेन र सरोदया हमालले एक एक गोल गरे । डनबस्कोका मिचेल तामाङ्ग प्लेयर अफ दि म्याच भए ।

यस्तै अर्को खेलमा विद्या संस्कार उच्च मा.वि. र पुष्पाञ्जली माध्यामिक स्कुलविचको खेल बराबरीमा टुङ्गियो । दुबै तर्फबाट निर्धारित समय सम्म कुनै गोल हुन नसके पछि खेल बराबरीमा टुङ्गिएको थियो । पुष्पाञ्जलीका प्रशिद्ध रेग्मी प्लेयर अफ दि म्याच भए ।


प्रतिक्रिया दिनुहोस

Loading...