आयोजक हिम्सलाई उपाधी

wआयोजक हिम्स स्कुल आठौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ को उपाधी हात पार्न सफल भएको छ ।

सोमबर सम्पन्न खेलमा हिम्सले बिएन एकेडेमीलाई ५५ – ४६ अंकले पराजित गर्दै उपाधी हात पारेको हो । बिजेता टोलीको लागि जोयल घलेले ३६ अंक जोडे ।

यस्तै गल्र्स तर्फको खेलमा भ्याली पब्लिक स्कुलले श्रीदिवा स्कुललाई ३४ – १० अंकले पराजित गर्दै उपाधी हात पा¥यो । भ्यालीको जितमा प्रतिक्षा मगरले १४ अंकको योगदान गरिन् ।

प्रतियोगितामा ब्वाईज तर्फ हिम्सका जोयल घले र गल्र्स तर्फ प्रतिक्षा मगर मोष्ट भ्यालुएबल प्लेयर घोषित भए ।

खेलाडीहरुलाई हिम्स संचालक समितिकी सदस्य मंदिरा के.सी., राष्ट्रिय बास्केटबल कप्तान सदिश प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ब्वाईज तर्फ ११ र गल्र्स तर्फ ८ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...