तेक्वान्दो खेलाडीहरु सम्मानित

unnamed-4दोश्रो हिरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिमा पदक हात पार्न सफल नेप्लिज तेक्वान्दो एकेडेमिका खेलाडीरुलाई सोमबार एक कार्यक्रमविच बाल गिताञ्जली स्कुलले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी माननिय स्वास्थ्य मन्त्री गगन कुमार थापाले खेलाडीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सम्मानित हुन खेलाडीहरुमा विवेक श्रेष्ठ, चन्दु शाहि, पुष्प प्रसाद गौतम, प्रतिज्ञा भन्डारी, तिलक लामा र अशोक खड्का रहेका छन् । नेपाली खेलाडीहरुले उक्त प्रतियोगितामा ४ स्वर्ण र ३ रजत पदक हात पारेका थिए । प्रतियोगिता कार्तिक ५ देखि ७ गते सम्म थाईल्याण्डमा सम्पन्न भएको थियो ।

मुलपानीस्थित बालगिताञ्जली स्कुलमा आयोजित कार्यक्रमका अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै एकेडेमिका अध्यक्ष अशोक खड्काले सम्मान गरेका थिए । बाल गिताञ्जली स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा स्कुलका विद्यार्थीहरुले नृत्य तथा खेलाडीहरुले तेक्वान्दोको डेमो प्रस्तुत गरेका थिए ।

खेलाडीहरुलाई सम्मान गर्दै स्वस्थ्य मन्त्री थापाले खेलकुद क्षेत्रमा गरेको लगानीले विभिन्न प्रतिफल प्राप्त हुने भएकाले यसमा गरेको लगानी साँचो अर्थमा लगानी भएको बताए । उनले नेपालको नाम अन्तराष्ट्रिय जगतमा राख्न सफल भएको भन्दै विजयी खेलाडीहरुलाई सम्मान समेत गरेका थिए । उनले निजी विद्यालयहरुले पछिल्लो समय खेलकुद लगानी बढाएको खुशी ब्यक्त गर्दै यसले खेल क्षेत्र सहित स्वस्थ क्षेत्रमा समेत राम्रो नतिजा प्रदान गर्ने बताए ।

सम्मान कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सभापती उपेन्द्र कार्की, एनेकपा माओबादीका केन्द्रिय सदस्य महेश्वर फँुयाल, राप्रपाका जिल्ला सदस्य आर.के. बिष्ट लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...