एञ्जल्स्हार्ट र सेब विजयी

profile-khel-dainikछैठौँ एञ्जल्स हार्ट खेल महोत्सव अन्र्तगत बास्केटबलको छात्रातर्फको खेलमा आयोजक विजयी भएको छ । मनमैजूस्थीत आायोजक एञ्जल्स् हार्टको कोर्टमा भएको खेलमा एञ्जल्स् हार्टको छात्राले काठमाडौं विद्या कुञ्जलाई १०–६ अंकले हराउदा मनिषा गुरुङ्ग र रीया पुनले ४–४ स्कोर गरे । छात्राकै अर्काे खेलमा एचएचसिएले सेन्ट जेभिएरलाई २७–१९ अंकले पराजित गर्दा अनिता सुनुवारले ८ स्कोर गरिन ।

सिनियर छात्र बास्केटबलमा पनि  एचएचसिएले सफलता हात पा¥यो ।  एचएचसिएले काठमाडौं विद्या कुञ्जलाई ३९–२८ अंक हरायो । एचएचसिएको जितामा तेञ्जिङ्ग राई र विशाल राइले समान ८–८ स्कोर गरे । अर्काे खेलमा टिआईले सिआइएलाई २०–१२ तथा ओडेसीले सेब स्कुललाई ५०–३७ अंकले हरायो । जुनियर छात्रतर्फको खेलमा रेहडन स्कुलले कौशल स्कुलमाथी १२–६ अंकको जित निकाल्यो । रेहडनका कुलडेनले ८ स्कोर गरे । सेब स्कुलले सेन्ट जेभिएरलाई २१–१४अंकले हरायो ।

महोत्सव अन्तर्गत फुटबतर्फ रेड मोडेल स्कुलले सृजना ज्ञानसागरलाई २–० ले पराजित ग¥यो । मञ्जरी स्कुलले टाइम्स स्कुलमाथी ३–०को सहज जित निकाल्यो । अन्य खेलमा त्रिनेत्र विद्या निकेतनले सृजना ज्ञानसागरलाई ३–२ हराउदा अमर स्कुल र नर्थ भ्याली भने गोलरहित बराबरीमा रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...