एक्सेल्सियरको दोस्रो जित

excelsiorपाचौँ एक्सेल्सीयर कप अन्तर्गत बास्केटबल खेलमा आयोजक एक्सेल्सियरले दोस्रो जित निकालेको छ । स्वयम्भूस्थीत आयोजक एक्सेल्सीयर स्कुलमा सोमबार भएको सिनियर ब्वाइजको खेलमा आयोजकले सरस्वती स्कुललाई १६–१२ स्कोरले हराउदै प्रतियोगितामा दोस्रो जित हात पारेका छ । आयोजकको जितमा कर्मा उंगेल गुरुङले सर्बाधिक ८ स्कोर गरे । सिनियर ब्वाइजकै अन्य खेलमा निम्स,डल्लु आवासिय र मञ्जूश्रीले पनि सफलता हात पारेका छन् । निम्सले अरुणदयलाई ४०–३० ,डल्लूले ग्यालेक्सीलाई ४८–४६ र मञ्जूश्रीले नवोदितलाई ४०–१८ ले हराए । जूनियर ब्वाइजको खेलमा निम्सले ग्यालेक्सीलाई ८–६ ले पराजित ग¥यो ।

त्यस्तै एक्सेल्सीयरको नवनिर्मीत आर्टिफिसियल टर्फमा भएको फाइभ ए साइड जूनियर फुटबलमा गीताञ्जल,रिब्स र सिद्धार्थ बनस्थलीले सफलता हात पारेका छन् । सोमबार भएको खेलमा गीताञ्लीले त्रिपल जेम्सलाई ५–१ र रिब्सले न्यूजेनिथलाई ५–२ हरायो । अन्य खेलमा रातो बगंला र सरस्वती तथा होली भिजन र काभ्यले १–१ गोलको बराबरी खेले । सिद्धार्थ बनस्थलीले आयोजकमाथी सहज जित हात निकाल्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...