हिमालयन एकेडेमि च्याम्पियन

chessहरिसरण महर्जन स्मृति अन्तरविद्यालय बुद्धिचाल प्रतियोगितामा हिमायलन एकेडेमी टिम च्याम्पियन भएको छ । किर्तीपुर स्थीत पुष्पसदन बोर्डिङको आयोजनमा सोमबार भएको विद्यालयतर्फको अन्तिम दिनको खेल समाप्तीपछि हिमालयन १९.५ अंक बटुल्दै टिम च्याम्पियन बन्न सफल भयो । आयोजक पुष्पसदन बोर्डिङ स्कुल भने दोस्रो भयो । पुष्पसदनले कुल १७.५ अंक जोडेको थियो । ल्याब्रोटरी उच्च मावी तेस्रो भयो । ल्याब्रोटरीले ९.५ अंक बटुलेको थियो ।

सिनियर ब्वाइजतर्फ ल्याब्रोटरीका विज्ञान घिमिरे ६ अंक बटुल्दै पहिलो भए । पुष्पसदनका रोशन आचार्य र ल्याब्रोटरीका रोशन महर्जनले समान ५ अंक बटुलेपनि प्रोग्रेसिभ अंकको आधारमा क्रमश दोस्रो र तेस्रो भए । सिनियर गल्र्समा हिमालयनकी सिम्रन प्रधान ५ अंक बटुल्दै पहिलो भइन् । दोस्रो भएकी पुष्पसदनकी दिपा रोक्काले ४ अंक बटुलिन । पुष्पसदनकै केनिया मगरले ३ अंक बटुल्दै तेस्रो भइन् । जूनियर ब्वाइजमा हिमालयनका विकेस विकेले ५.५ अंक बटुल्दै पहिलो स्थान हात पारे । हिमालयनकै मनोज घिसिङ ५ अंक जोड्दै दोस्रो भए । ४.५ अंक जोडेका ल्याब्रोटरीका सूनिल महर्जन तेस्रो भए ।

जूनियर गल्र्समा हिमालयनकी सिम्रन के.सीले ४.५ अंक जोड्दै पहिलो भइन् । पुस्पसदनकी यूनिसा सुवेदीले ४ अंक बटुल्दै दोस्रो भइन् । पुष्पसदनकै सुभाना महर्जनले ३.५ अंक बटुल्दै तेस्रो हुन सफल भइन् । किर्तीपुर ब्यापी खुल्ला बुद्धिचालमा विवेक महर्जन पहिलो भए । उनले ४.५ अंक बटुले । दोस्रो भएका राधा कृष्ण थापाले ४ अंक बटुले । ३ अंक जोडेका प्रेमलाल महर्जन तेस्रो भए । प्रतियोगितामा १० विद्यालयका ८८ खेलाडीले सहभागीता जनाएका थिए । प्रतियोगितामा विजेता टिम र खेलाडीलाई प्रमुख अतिथी नेपाल बुद्धिचाल संघका उपाध्यक्ष विदुर गौतम,विद्यालयका प्रिन्सिपल महेश श्रेष्ठ,हरिसरण महर्जन प्रतिस्ठानकी संरक्षक जगतमाया महर्जन र बुद्धिचाल संघका कोषाध्यक्ष ज्ञानेन्द्र महर्जन लगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...