रेडबुल फुटसल लिग: कुमारी फुटसल र बानेश्वर रिक्रेसनलको सानदार जित

img_7689रेडबुल फुटसल लिगमा कुमारी फुटसल र बानेश्वर रिक्रेसनल सेन्टरले सानदार जित हात पारेका छन् । आफ्नै घरेलु मैदानमा भएको खेलमा समुह एको कुमारीले विजी ब्रदर्शमाथी १५–२ को फराकिलो जित निकालेको छ । जारी लिगमा एकै खेलमा धेरै गोल गर्ने किर्तीमान बनाउने क्रममा कुमारीका अविशेक रिजालले तीन ह्याट्रिक पुरा गर्दै १० गोल गरे । कुमारका लागि दिकेश खड्कीले पनि ह्याट्रिक पुरा गर्दा  रुपेश क्षेत्री र सुभेत लामाले एक–एक गोल गरे ।  बीजी ब्रदर्शका नारायाण सम्बोम्फेले दुई गोल फर्काए । तीन ह्याट्रिक पुरा गरेका अविशेक खेलमा म्यान अफ दि म्याच समेत चूनिए ।

जितसँगै १२ खेलबाट कूमारी फुटसल २६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । हार बेहोरेको विजी ब्रदर्श उक्र समूहमा १९ अंकका जोड्दै सातौँ स्थानम छ । बी समुहमा समान खेलबाट २८ अंक जोडेको संखमूल फुटसल पहिलो र २२ अंक जोडेको ताहाचल तेस्रो स्थानमा छन् ।

त्यस्तै दोस्रो खेलमा समूह एको पाहूना टोली बानेश्वर रिक्रीएसनल सेन्टरले चौर रिक्रिएसनल सेन्टरमाथी ८–२ को जित निकाल्यो । बानेश्वरका लागि दिपु लामाले ह्याट्रिक पुरा गर्दै चार गोल गरे । पुर्ण बहादुर केसीले दुई तथा कर्फु रसाइली र मनिष रानाले एक–एक गोल गरे । बानेश्वरका डिफेन्डर पुर्ण खेलमा म्यान अफ दि म्याच समेत चूनिए । चौरका लागि सन्जोग महर्जनले दुई गोल फर्काए ।जिपश्चात बानेश्वर समूह एमा १२ खेलबाट २८ अंकका साथ पहिलो स्थानमा छ । हारपछि चौर १२ खेल खेल्दै ७ अंकका साथ आठौँ स्थामा छ ।  समान ११ खेलबाट २७ अकं जोडेको किक अफ दोस्रो र २२ अंक जोडेको ढुकू तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...