रेडबुल फुटसल लिग: हरिसिद्धीमाथी ताहचल फुटसलको सानदार जित

img_7610जारी रेडबुल फुटसल लिगमा ताहचल फुटसलले सानदार जित हात पारेको छ ।

आफ्नै घरेलु मैदानमा आइतबार भएको खेलमा ताहचलले पाहूना टोली हरिसिद्धी फुटसलमाथी ७–२ को गोल अन्तरको फराकिलो जित दर्ता ग¥यो । ताहचलको जितमा सुजित बुढाथोकीले ह्याट्रिक पुरा गर्दै पाँच गोल गरे । उनि प्रतियोगितामा म्यान अफ दि म्याच समेत चूनिए ।

अनिल तामाङले थप दुई गोल गर्दा ताहचलले हरिसिद्धीलाई लज्जास्पद हार बेहोर्न बाध्य पा¥यो । हरिसिद्धीका लागि राजेश लिम्बू र लाल बहादुर तामाङले एक–एक गोल फर्काएपनि त्यो जितका लागि प¥याप्त भएन ।

त्यस्तै समुह बीमा आइतबारको जितसँगै ताहचल १२ खेलबाट २२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

हरिसिद्धि भने समान खेलबाट २० अंकमा चौथो स्थान झरेको छ । समूह बीमा सखंमुल फुटसल समान खेलबाट २८ अंक बटुल्दै शिर्ष स्थानमा तथा समान ११ खेलबाट २३ अंक जोडेको कुमारी फुटसल दोस्रो र १९ अंक जोडेको सामाखुसि फुटसल पाँचौ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...