आर्मीलाई हराउँदै शेर्पा फाइनलमा

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । हिमालयन शेर्पा क्लब नैकापमा जारी प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै शेर्पा फाइनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफको ५४ औं मिनटमा त्रिदेव गुरुङ्गले शेर्पाका लाििग एक मात्र निर्णायक गोल गरे ।

अब उपाधिका लागि शेर्पाले मंसिर ५ गते मंगलबार फ्रेण्डस क्लबको सामना गर्ने आयोजकले जनाएको छ । फ्रेण्डसले पहिलो सेमिफाइनलमा दावेदार संकटालाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

ब्राईट युथ क्लब, नैकापको आयोजनामा जारी प्रतियोगिताको प्रथम हुनेले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार नगदका साथ ट्रफी पाउने छ ।

प्रतियोगिता भरिको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...