एलए अन्तरकलेज खेलकुद प्रतियोगिताअन्तर्गत एलएलाई दोहोरो उपाधि

unnamedआयोजिक लिटिल एन्जल्स (एलए) एलए अन्तरकलेज खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलको छात्र र छात्रा दुवैमा आइतबार पहिलो भएको छ ।

छात्र फाइनलमा एलएको रातो टिमले आईडियल उमाविलाई २–१ गोलले पराजित ग-यो । विजयी टिमका लागि निराजन महर्जन र मोहित तिङकरीले १–१ गोल गरे ।

छात्राको उपाधि भिडन्तमा एलएले युनिग्लोबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

मायांकालाई स्वर्ण

प्रतियोगिताअन्तर्गत लनटेनिसको छात्रा सिंगल्समा मायांका राणा पहिलो भइन् । फाइनलमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ७–५ र ७–६ ले पराजित गरिन् ।

यसअघि छात्र सिंगल्समा केएमसीका रेन्जन लामा तथा मिक्स डबल्समा रेन्जन र माहिकाको जोडी पहिलो भएका थिए ।

एलए र गोल्डेनगेट च्याम्पियन

प्रतियोगिताअन्तर्गत बास्केटबलको छात्रामा एलए र छात्रमा गोल्डेनगेट च्याम्पियन बने । फाइनलमा एलएले एसलाई २५–१३ र गोल्डेनगेटले पनि एसलाई ५७–२९ ले पराजित गरे ।

विजेतालाई अखिल नेपाल फुटबल संघका महासचिव धीरेन्द्र प्रधान, अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, एलएकी संस्थापक निर्देशक विद्या लिम्बू, एलए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिबी लिम्बू, एलएका आर्थिक निर्देशक राजेश श्रेष्ठ, एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...