गोल्डेनपिक र भ्याली पब्लिक च्याम्पियन

1गोल्डेनपिक र भ्याली पब्लिक नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । गोल्डेनपिक जुनियर ब्वाइज तथा भ्याली पब्लिक सिनियर गल्र्समा पहिलो भए ।

धापासीस्थित ओडिसी इन्टरनेसनल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई ३३–१८ ले पराजित ग¥यो । गोल्डेनपिकका पेम्बा छिरिङ शेर्पाले १२ अंक जोडे ।

डिफेन्डिङ च्याम्पियन आयोजक ओडिसीले इनोभेटिभ इङलिस स्कुललाई १९–१८ को साँघुरो अन्तरले हराउदै तेश्रो स्थानमा चित्त बुझायो । ओडिसीका अनिश गन्दर्भले ६ स्कोर गरे ।

सिनियर गल्र्सको थ्री बाई थ्री फाइनलमा डिफेन्डिङ च्याम्पियन भ्याली पब्लिकले एचएचसीएलाई १६–११ ले पाखा लगाउदै उपाधि रक्षा ग-यो । भ्याली पब्लिकको जितमा रोशनी श्रेष्ठले ५ अंक योगदान गरिन् । इडेन ब्रिजले श्रीदिवामाथि ९–८ को कठिन जित दर्ता गर्दै तेश्रो भयो ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय पेम्बा र रोशनी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा मनासलु तथा सिनियर गल्र्समा जगत मन्दिरले अनुशासित टिमको उपाधि हात पारे । जुनियर ब्वाइजमा न्यु बुद्ध प्रकाश तथा सिनियर गल्र्समा रिलायन्स पब्लिक स्कुल उदीयमान टिम चुनिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका डेपुटी डाइरेक्टर महेन्द्र राई, नेफका अध्यक्ष बाबुराम डंगोल, नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ, आयोजक ओडिसीका प्रिन्सिपल नारायण रोका, वाई–पिईईआरका राष्ट्रिय संयोजक कमल काफ्लेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ५ गतेदेखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा २४ र सिनियर गल्र्समा १६ गरी ४० टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...