कोरियामा नेपाली तेक्वान्दोलाई चार स्वर्ण र तीन रजत

indexदक्षिण कोरियामा भएको दशौँ विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपाली तेक्वान्दो टोलीले चार स्वर्ण र तीन कास्य सहित सात पदक हात पारेका छन् ।

नेपाली टोलीले जुलाई १४ देखि १८ सम्म भएको तेक्वान्दोको पुम्सेतर्फ एक स्वर्ण र तीन कास्य तथा ग्यरोगीमा तीन स्वर्ण हात पारेको नेपाली टोलीका प्रशिक्षक कुमार लामा घिसिङले बताए ।

दक्षिण कोरियाको मुजुमा भएको विश्व तेक्वान्दोमा सुभम श्रेष्ठले पुम्सेमा रसियालाई हराउदै स्वर्ण जिते । सोही विधाको सेमिफाइनमा हार बेहोरेका बेदान्त बस्न्यात,अनुस्का शिंह सुवाल र लुनिभा श्रेष्ठले कास्य पदकमा नै चित्त बुझाए । अन्तीम चारमा बेदान्तले स्पेनसँग,अनुस्काले जापान र लुनिभाले कोरियासँग हार बेहोरेकी थिइन् ।

त्यस्तै ग्यरोगीतर्फको ८० केजीमाथी अनिष महर्जनले नेपाललाई स्वर्ण दिलाए । महर्जनले फाइनलमा कोरियालाई हराउदै स्वर्ण पदक शुरक्षित गरे । उनले सेमिफाइनलमा फ्रान्सलाई हराउदै स्वर्ण पदकको लागि आफ्नो चूनौती पेश गरेका थिए । यू–१५ उमेर समुहको फाइटमा रिको चो श्रेष्ठले स्वर्ण जिते ।

रिकोले फाइनलमा चिनका खेलाडीलाई स्तब्ध पार्दै स्वर्ण पदक आफ्नो बनाए । यसअघि उनि भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । फाइटकै यू–९ उमेर समुहमा युकेन चौगुथीले क्यानडाका खेलाडीलाई हराउदै स्वर्ण पदक हात पारे ।

नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङले प्रशिक्षण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...