महिला राष्ट्रिय क्रिकेट छनोट हुने

profile Khel Dainikराष्ट्रिय खेलकूद परिषदको आयोजनामा ICC Womens World Cup Qualifier – Asia 2016, Hong Kong को लागि सिनियर राष्ट्रिय महिला टिम छनौट गर्नका लागि यहि मिति २०७३-०४-०८ देखि ११ गते सम्म त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा “महिला राष्ट्रिय छनौट प्रतियोगिता’’ हुन गइरहेको छ ।

टि–२० फम्र्याटमा संचालन हुने यस प्रतियोगितामा पाँच बिकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोली सहित ६ टिमले सहभागिता जनाउने छन् । यस राष्ट्रिय प्रतियोगिताका लागि २०७३-०३-२८ गते २२ वटा जिल्लामा र २०७३-०३-३० र ३१ गते क्षेत्रिय टोलीको छनोट पाँचै बिकास क्षेत्रको क्षेत्रिय खृलकूद बिकास समितिको आयोजनामा सम्पन्न भई खेलाडी छनौट भइसकेको जानकारी गराईन्छ ।

यस प्रतियोगिता लिग चरणमा दूई समुहमा टिम बिभाजन गरि लिग प्रतियोगिता बाट शीर्ष २ टिम फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । सिनियर महिला क्रिकेटको ईतिहासमै पहिलो पटक बिजेता टिमलाई रु १,००,००० र उपबिजेतालाई रु ५०,००० सहित सिल्ड र मेडल प्रदान गरिनेछ । यसका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडी आदि बिधामा पनि पुरस्कृत गरिने छ ।

यसै प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनौट गरी श्रावणको अन्तिमबाट बन्द प्रशिक्षण शिविरको आयोजना गरिनेछ । यस राष्ट्रिय प्रतियोगिताको अनुमानित बजेट रु २०,००,००० रहेको छ । राष्ट्रिय खेलकुद परिषदबाट गठित क्रिकेट समन्वय समितिले यस प्रतियोगिताको संयोजन गर्ने छ ।

क्रिकेटमा बिद्यमान विवादले घरेलु क्रिकेट प्रतियोगिताहरु लामो समयदेखि हुन नसकिरहेको सम्बन्धमा रा.खे.प. को पहलमा नयाँ तथा युवा खेलाडीहरु खेल्नबाट बञ्चित नहून् भन्ने उद्देश्यले यस समिति गठन गरिएको हो । यस समितिले आउँदा दिनमा पुरुषको सिनियर, यु–१९ विधामा पनि घरेलु प्रतियोगिताहरु आयोजना गर्ने छ । यस समितिका संयोजक रा.खे.पे बोर्ड सदस्य श्री शैलेष कर्माचार्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...