ओडिसी र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा

indexओडिसी र एन्जल लर्ड सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ओडिसीले भ्याली पब्लिकलाई ४१–३६ ले पराजित ग¥यो । ओडिसीका सागर गुरुङले १६ अंक जोडे । सुजन राईको १५ अंक सहयोगमा एन्जल लर्डले लोयल्टी एकेडेमीलाई ३२–२७ ले हरायो ।

काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए), ज्ञाननिकेतन, नेपाल सेन्ट्रल तथा बेबिलन पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

टीआईएले एलआरआईलाई ३७–३३ ले पन्छायो । विजेताका अतुल थापाले १२ अंक जोडे । ज्ञाननिकेतनले कैलाश बोधीलाई ३८–१२ ले निराश पा¥यो । ज्ञाननिकेतनको जितमा सम्राट भूमिले १५ स्कोर गरे । हाइल्यान्ड विरुद्धको खेलमा नेपाल सेन्ट्रल २६–२० ले विजयी भयो । नेपाल सेन्ट्रलका सुवास बुढाथोकीले १३ अंक जोडे । बेबिलनले सेबलाई ४७–२० ले हरायो । बेबिलनका सयुन राईले १६ अंक बटुले ।

सोमबारको लिग खेलसंगै प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा एचएचसीएले गोल्डेनपिक, इनोभेटिभले एलआरआई, ग्रिनल्यान्डले रेडिअन्ट तथा टीआईएले विल्सन एकेडेमी विरुद्ध खेल्नेछन् । बाँकी प्रिक्वाटरफाइनल एन्जल हार्ट र लोयल्टी, बेबिलन र नेपाल सेन्ट्रल, एन्जल लर्ड र ओडिसी तथा ज्ञाननिकेतन र सेबबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...