जुडो टोली स्विट्जरल्यान्ड जाँदै

indexदुई खेलाडीसहित तीन सदस्यीय नेपाली जुडो टोली युथ ट्रेनिङ क्याम्प– २०१६ मा सहभागी हुन आइतबार स्विट्जरल्यान्ड जाँदैछन् ।

खेलाडीमा इन्द्रबहादुर श्रेष्ठ र मनीता श्रेष्ठ प्रधान रहेका छन् । दुवै १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् ।

भारतमा गत फेब्रअरीमा सम्पन्न सागमा इन्द्रले कांस्य र मनीताले रजत जितेका थिए । प्रशिक्षकमा लक्ष्मी तामाङ छिन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र महासचिव धर्मकुमार श्रेष्ठलगायतले सातदोबाटोमा बिदाइ गरे ।

क्याम्प जुलाई १८ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...