पत्रकार सेमिनार सम्पन्न

indexराष्ट्रिय खेलकुद परिषद्, खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा खेलकुद पत्रकारिता सेमिनार बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।

तीन दिने सेमिनारमा विभिन्न छापा तथा विद्युतिय सञ्चार माध्ययमका ३० पत्रकार सहभागी थिए ।

सहभागीहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार आचार संहिता, गोपाल बस्नेतले उद्घोषण कला, खेलकुद विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलकुद विज्ञान, पि. खरेलले ईफेक्टिभ युज एन्ड सोर्स अफ स्पोर्टस् मिडिया, राजु सिल्वालले टेलिभिजन एज मास मिडिया, सुलोचना सिजख्वले फिटनेश म्यानेजमेन्ट, आरती चटौतले स्किल अफ कम्युनिकेशन र कार्यशाला तथा विकाश कार्कीले फोटाग्राफी र फोटो पत्रकारिताका बारेमा प्रशिक्षण दिएका थिए ।

सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र वितरण गरे । उनले आगामी दिन खेलकुद पत्रकारका लागि अझ बृहत तालिम आयोजना गर्ने प्रतिबद्धता जनाए । राखेपले खेलकुद पत्रकारका लागि पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...