टीआईएलाई बीएमस कप

indexठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

जोरपाटीस्थित बौद्ध मेरिडियन स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा टीआईएले मल्पी इन्टरनेसनल स्कुललाई ६३–३२ ले पराजित ग¥यो । टीआईएको जितमा अतुल थापाले सर्वाधिक १९ अंक योगदान गरे ।

टीआईएले चारै क्वाटरमा अग्रता लियो । टीआईएले पहिलोमा १५–८ र दोश्रोमा १२–१० अंक जोड्यो । तेश्रो क्वाटरमा १४–८ अंक बटुलेको टीआईएले चौथो तथा अन्तिम क्वाटरमा २२–६ को अग्रता लिदै जित अन्तर फराकिलो बनाएको थियो ।

फाइनलका सर्वाधिक स्कोरकर्ता टीआईएका अतुल प्रतियोगिताकै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ५५ अंक जोडेका मल्पीका साहिल चुके सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, बौद्ध मेरिडियनका संस्थापक निर्देशक अब्दुल खालिद र बौद्ध मेरिडियनका भाइस प्रिन्सिपल दिनेश न्यौपानेले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगितामा विभिन्न विद्यालयका ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...