प्रधानमन्त्री कप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद; नीर र गंगालाई सिंगल्स उपाधि

indexत्रिभूवन विश्वविद्यालय (टीयू) का नीरविक्रम देवकोटा र  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी गंगा विष्टले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा मंगलबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा नीर र महिलामा गंगा च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा नीरले टीयूकै जीवन आचार्यलाई १५–२१, २१–१५ र २१–१३ को सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा गंगाले कृषि तथा वन विज्ञान विश्वविद्यालयकी सोनिया गुरुङलाई २१–८ र २१–३ को सोझो सेटमा सहजै हराइन् ।

पुरुष डबल्समा पनि नीरले सिंगल्सका फाइनल प्रतिद्वन्द्वी जीवनसंग मिलेर स्वर्ण हात पारे । उक्त जोडीले काठामडौं विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरीको जोडीलाई २१–९ र २१–१७ को सीधा सेटमा पाखा लगाए ।

कृषिका अस्मिता सुवेदी र सोनिया गुरुङको जोडी महिला डबल्समा च्याम्पियन बने । अस्मिता र सोनियाको जोडीले सुदूरपश्चिमाञ्चलका गंगा र हेमा जोशी जोडीलाई १९–२१, २१–१३ र २१–१६ ले पन्छाए ।

टीयूको लगातार तेश्रो जित

पुरुष भलिबलमा टीयूले लगातार तेश्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा टीयूले केयूलाई २५–१८, २५–१४ र २५–१३ तथा पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१२, २५–१२ र २५–१८ को सोझो सेटमा हरायो ।

राउन्ड रोविन लिगको अर्को खेलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पूर्वाञ्चललाई २५–१८, २५–९ र २५–१२ को सीधा सेटमा पन्छ्याउदै लगातार दोश्रो जित आत्मासात् ग¥यो । सुदूरपश्चिमाञ्चलले केयूलाई २५–११, २५–२२ र २५–१५ को सोझो सेटमा निराश पा¥यो ।

सुजन र दीपिकालाई स्वर्ण

टेबलटेनिसको पुरुष सिंगल्समा केयूका सुजन पन्त र महिला सिंगल्समा केयूकै दीपिका श्रेष्ठले स्वर्ण जिते । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुजनले पीयूका प्रवेश न्यौपानेलाई ३–१ तथा दीपिकाले केयूकै रेज्शा कोटेजालाई ३–० को सेटमा पराजित गरे ।

पुरुष डबल्समा केयूका अविन प्रजापति र सुजन पन्तको जोडीले टीयूका महेश ढकाल र ज्ञानेन्द्र भुजेलको जोडीलाई ३–१ ले पाखा लगाउदै शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा केयूका रेज्शा र दीपिकाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले टीयूका खेमकुमारी ढुंगाना र सरिता तामाङको जोडीलाई ३–१ ले पन्छाए ।

बुद्धिचाल ः

प्रधानमन्त्री कप विश्व विध्यालय बुद्धिचाल प्रतियोगितामा त्रिभुवन विश्व विध्यालयले पाँचौ चरणको खेल सम्पन्न हुँदा पूर्ण १० अंक सहित अग्रस्थानमा रहेका छन्।

चौथो चरणको खेलमा ती यूले कृषि विज्ञान विश्व विध्यालयलाई ४-० ले हराउन सफल भए भने पाँचौ चरणको खेलमा  सुदुर पश्चिमलाई ४- ०   ले नै पराजित गरे ।त्रियुका मनोज चापागाईंले नरेश पन्तलाई, संजिव कुमार चौधरीले अमित जोशीलाई हराए भने अोमकार राज थपलियाले शंकर महत र लक्ष्मीप्रसाद अोलीले देवकी पन्त माथी जीत हात पारे।

सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगितामा काठमाडौ युनिभर्सिटी 7 अंक सहित दोस्रो स्थानमा रहेका छन्।  काठमाडौले नेपाल संस्कृतलाई पाँच चरणको खेलमा ३-१ ले  पराजित गर्न सफल भए। काठमाडौका उत्सव पराजुलीले चेतनाथ भट्टराई , अाषिश श्रेष्ठले देवराज दाहाल , रोशन कस्तीले प्रदिप घिमिरे र रुपेश डंगोलले रौनक अधिकारी माथि सफलता प्राप्त गरे।

त्यसैगरी समान ५ अंक नै जोडेका कृषि विज्ञान तेस्रो स्थानमा छन्। पाँचौ चरणको खेलमा कृषि विज्ञान र पूर्वान्चल बीचको खेल २-२ को बराबरी भएको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...