मल्पी र टीआईए फाइनलमा

indexमल्पी इन्टरनेसनल स्कुल र ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

जोरपाटीस्थित बौद्ध मेरिडियन स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा मल्पीले रुपिज इन्टरनेसनल स्कुललाई ४७–३२ ले पराजित ग¥यो । मल्पीका प्रताप गुरुङले १८ अंक जोडे ।

पहिलो क्वाटरमा मल्पीले ९–८ को झीनो अग्रता लिएको थियो । त्यसपछिको खेलमा पनि अग्रतालाई कायम राखेको मल्पीले क्रमशः ८–७, १२–८ र १८–९ अंक जोड्यो ।

अर्को सेमिफाइनलमा टीआईएले द एक्सेल्सियर स्कुललाई ४३–३६ ले हरायो । टीआईएका बिभब्सु खड्काले १७ स्कोर गरे ।

सुरुकादुई क्वाटरमा क्रमशः १९–५ र १७–७को अग्रता बनाउदै टीआईएले जितको आधार खडा गरेको थियो । एक्सेल्सियरले तेश्रोमा १३–५ र चौथोमा ११–२ अंकको अग्रता बनाएपनि जित हात पार्न सकेन । फाइनल बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...