सनराईज नेपाली कार्गो गोल्डकप २०१६ सम्पन्न; उपाधि मन शान्त गेष्ट हाउस ११ ए लाई

gn3_1767145245नेपाली ब्वाइज युथ क्लब दमामको आयोजनामा भएको प्रथम सनराइज नेपाली कार्गो गोल्ड कप २०१६ सम्पन्न भएको छ । सन राइज नेपाली कार्गो दमामको प्रायोजनमा भएको प्रथम सनराइज नेपाली कार्गो गोल्ड कप २०१६को उपाधि मन शान्त गेष्ट हाउस ११ ए रियादले हात पा¥यो ।

साउदी अरेबियाको कतिफ अल तारजी रंगशालाको फुटबल मैदानमा भएको फाइनलमा मन शान्त गेष्ट हाउस ११ एले गोर्खाली रियाद ११ लाई १–० गोल अन्तरले स्तब्ध पार्दै पहिलो उपाधि रक्षा गर्न सफल भयो । प्रतियोगिताको तेस्रो स्थान मन शान्त गेष्ट हाउस ११ रियाद बीले हात पारको प्रतियोगिता संयोजक सुमन भटृराईले जनाए । गोर्खाली रियादका दिलिप गुरुङ बेस्ट प्लेयर चूनिए । उनले ट्रफि र प्रमाणपत्र हात पारे । प्रतियोगितामा साउदी अरब रोजगारी गर्ने नेपालीहरुको कुल २५ टिम ले सहभागिता जनाएका थिए । प्रतियोगिताका लागि टाढा बाट आउने टिम लाई निसुल्क दर्ता गरिएको थियो । साउदीमा बस्ने नेपाली माझमा भाइचार तथा नेपालीत्व गास्ने उदेश्य स्वरुप गरीएको प्रतियोगितामा साउदीका विभिन्न शहरबाट सहभागीता रहेको संयोजक भटृराईले बताए ।

त्यस्तै विजेता मन शान्त गेष्ट हाउस रियाद ११ एले ट्रफि,मेडल र नगद ७०हजार हजार हात पा¥यो । उपविजेताले गोर्खाली रियाद ११ले ट्रफि,मेडल र ४२ हजार नगद तथा तेस्रो भएको शान्त गेष्ट हाउस रियाद ११ बीले २२ हजार नगद पुरस्कार हात पा¥यो ।  विजेता खेलाडीलाई प्रमुख अतिथी समेत रहेका साउदीका लागि नेपाली कार्यवहाक राजदुत आनन्द प्रसाद शर्मा ,श्रम–सहचारी अम्विका प्रसाद अधिकारी, दुताबासका स्थानिय कर्मकारी मन बहादुर थापा र क्लबका अध्यक्ष विनोद पोखरेल लगायतले पुरस्कृत गरे ।

राजदुत शर्मा र श्रम–सहचारी अधिकारीले उपाधि विजेतालाई ट्रफि,मेडल ,प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै राजदुत शर्माले नेपालीले प्रबासमा गरेको खेलको आयोजनाले नेपालीहरुलाई मजबुत बनाउने र प्रवासको माध्यमबाट खेल विकाशमा मद्त पुग्ने बताए । उनले भने कुनै पनि समयमा दुताबास नेपालीहरुको उद्धार र सहयोगको लागि तयार छ । सो अवसरमा श्रम सहचारी अधिकारी र फेन्ड्स अफ नेपालका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायतले नेपालको अवस्थाबारे बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...