नेपाल खेलकुद पत्रकार मञ्चले ९२ औं विश्व खेल पत्रकार दिवस (२ जुलाई) शनिबार मनाएको छ

indexनेपाल खेलकुद पत्रकार मञ्चले ९२ औं विश्व खेल पत्रकार दिवस शनिबार मनाएको छ । होटल रोयल सिंगीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ – एआईपीएस – का अध्यक्ष जियानी मेर्लोको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो ।

यसै सन्दर्भमा मञ्चले नेपालले सन् २०१८ मा आयोजना गर्ने ‘१३ औं दक्षिण एसियाली खेलकुद ९साग०स् तयारी र चुनौतीहरु’ विषयक कार्यक्रम आयोजना ग¥यो । तेस्रोपल्ट नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारी, यसमा सरकार र ओलम्पिक कमिटिको भूमिका तथा प्रतियोगिताको महत्वबारे नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बोल्नुभएको थियो ।
त्यस्तै, संभावना र चुनौतीबारे एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले बोल्नुभयो । अन्तरक्रियाको दोस्रो सेसनमा मञ्चका निर्वतमान अध्यक्ष अजय फुयाल र महासचिव प्रकाश तिमल्सिनाले १३ औं सागमा सञ्चारकर्मीको भूमिकाबारे विचार राख्नुभएका थिए ।

–जीवनराम श्रेष्ठ, अध्यक्ष–नेपाल ओलम्पिक कमिटि

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० सन् २०१८ मा आयोजना गर्न असंभव छैन, पर्याप्त मात्रमा संभावना छ । गत बर्षको महाभूकम्पले नेपालमा सबै क्षेत्रलाई गम्भीर प्रभाव पारेको छ । यसले नेपाली खेलकुद क्षेत्र पनि मुछिएको छ । नाकाबन्दीले पनि अस गर्यो ।

नया“ संविधान घोषणा, कार्यान्वयनको प्रक्रियाले पनि केहि अप्ठ्यारो पारेको छ । त्यसका बावजुद पनि साग आयोजना गर्न गइरहेका छौं । यसलाई चुनौती र अवसर दुवै रुपमा लिनुपर्छ । चुनौती धेरै छन् तर समाधान गर्न नसकिने भने होइन ।

१३ औं साग आयोजनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । आयोजक समिति बनाउने कुरामा विलम्ब भएको यथार्थ हो । बजेट अपुग भएकोले खेल आयोजनामा कुनैपनि कमी हुने छैन भन्ने प्रधानमन्त्री ९केपी ओली० बाट सार्वजनिक रुपमै प्रतिबद्धता आएको छ । अब बजेटलाई के कसरी लाने र तयारी गर्ने प्रशासनिक काम राष्ट्रिय खेलकुद परिषदले गर्नुपर्छ । यसमा बिलम्ब भइसकेको छ ।
नेपालमा बजेट खर्च हुन नसकेर रकमान्तर गरिने रोग खेलकुदमा मात्र होइन । आवश्यक मानव स्रोत नहुदा र कार्यान्वन पक्षको कारण यस्तो भएको हो । सरकार कति गम्भीर र चुस्त देखिन्छ भन्ने अब हेर्न बा“की छ । प्रतिबद्धताअनुसार काम गर्दै जाने हो भने निर्धारित समयमै आयोजना गर्न सक्छौं ।

यसको आयोजना ओलम्पिक कमिटि र सरकारको सहकार्यमा हुने हो । अहिले नेपालमा न्यानो सम्बन्ध छ, समस्या छैन ।

सन् १९९९ मा काठमाडौं भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ गेम्स० को आयोजनामा पनि मैले नेतृत्व गर्ने मौका पाएको थिए । त्यसबेला काम नगरेर चार बर्ष लागेको थियो । तर, दुई बर्षको कामले नै साफ गेम्स आयोजना गरिएको थियो । त्यसैले यसपाली पनि र्धिारित समयमै आयेजना गर्न सकिन्छ ।

आठौं साफ गेम्सयता देशको भौतिक पूर्वाधारमा धेरै परिवर्तन भइसकेको छ । खेलकुदको मात्र होइन, निजी क्षेत्रस“ग पनि भौतिक पूर्वाधार छ । यसवीच काम भएकै छैन भन्ने होइन । रिबन काटेर अभियान सुरु गरिएको भने छैन ।

युरो कप र कोपा अमेरिकाका खेल हेरेर त्यस्ता स्टेडियम यहा“ कल्पना गर्न सकिन्न । नेपालको अवस्था दुनिया“ले बुझेको छ । दक्षिण एसियाली खेलकुद आयोजनाको लागि न्युनतम मापदण्ड पूरा गरेर हामी १३ औं साग समयमै आयोजना गर्न सक्छौं ।

दक्षिण एसियाली खेलकुद अन्तर्राष्ट्रिय ओलम्पिक परिषद ९आईओसी० को ओलम्पिक छाताभित्र हुने प्रतियोगिता हो । आयोजक ओलम्पिक कमिटि हो । अरु एजेन्सी सहयोगी हुन् । यसमा सम्झौताहरु हुन्छ । दक्षिण एसियामा पहिले प्रतियोगिता आयोजना गर्न केहि छुट भएको हो अहिले यस क्षेत्रमा ओलम्पिकको भूमिकाबारे गम्भीर कुरा उठिरहेको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अब हुने बैठकले सचिवालय बनाउने, चुनाव सञ्चालन गर्नेलगायत प्रक्रिया सुरु गर्दैछ । अब अल्फाबेट अनुसार पालैपालो नभएर आयोजनाको लागि वैकल्पिक बाटो पनि खुल्नेछ । साग अहिलेसम्म ५ देशले आयोजना गरेको छ र त्यो पनि ढिला सुस्ती गर्दै । हामीले पनि ढिलासुस्ती गर्नुपर्छ भन्ने होइन ।

ढिला हुने हो भने श्रीलंकाले २०१८ को साग आयोजना गर्ने र त्यसपछि नेपाललाई आयोजना गर्न दक्षिण एसियाल िओलम्पिक काउन्सिल बैठकमा प्रस्ताव पनि आएको थियो । तर, ढिलासुस्ती नहुने समयमै गर्ने संसदको खेलकुद समितिको सुझावअनुसार हामीले नै आयोजना गर्ने विश्वास दिलाएका थियौं ।

आयोजक कमिटि र ओलम्पिकको सल्लाहमा १३ औं सागको आयोजना स्थल तोक्नेछौं । पहिलेका दुई संस्करण काठमाडौं उपत्यका केन्द्रित भए । परिवर्तित अवस्थामा आयोजनाको कुरालाई पुनर्विचार गर्नुपर्छ । फरक सोच र चिन्तनलाई एउटै ठाउ“मा ल्याउनुपर्छ भन्ने भूमिका १३ औं सागले खेल्नुपर्छ ।

अन्तर्राष्ट्रिय विमानस्थल नभएकोले काठमाडौं उपत्यकाबाहिर उद्घाटन र समापन समारोह गर्न सक्दैनौं । पहिलो पक्ष सरकार हो । ओलम्पिकस“ग निश्चित जिम्मेवारी छ, त्यसबाट भाग्न सक्दैन । हाम्रो लक्ष्यमा फरक छैन । नेपालको गौरव बृद्धि गर्न सधै लचक छौं । यही मौकामा भौतिक पूर्वाधार बनाउनुपर्छ । नेपाल सुरक्षित छ भन्ने र अर्थतन्त्रलाई उकास्ने अवसर पनि हो यो । देशको कुटनीतिक कुरा पनि छ ।

–निरन्जन राजवंशी, कोषाध्यक्ष, एआईपीएस एसिया

समयमै ९सन् २०१८० मा १३ औं साग आयोजना गर्न पर्याप्त संभावना तर वास्ताविकतामा गाह्रो कुरा हो । नेपालले आयोजना गर्ने सबभन्दा ठूलो प्रतियोगिता हो यो । तर, यो सजिलो छैन । १२ औं सागमा झण्डा बोकेर आएपछि हामीले के तयारी गर्यौं रु सरकारले खासै ध्यान दिएको छैन । बजेट, तयारी, प्राविधिक पक्ष्ँमा के कति सक्षम छौं सरकार लाग्नुपर्ने हो ।
ढिलो गर्ने परम्परा छ । डेढ बर्षमा सक्छौं भन्नु व्यवहारिक रुपमा संभव छैन । कहिले कहा“ रंगशाला बनाउने कहिले कहा“ खेल आयोजना गर्ने भनेर । सबै कुरा मौखिक भइरहेको छ । हामीले काम सुरु भएको अनुभव गर्न पाएका छैनौं । सरकार आफैले ओलम्पिकलाई नभई एक्लै गर्न चाहेकोले पनि यस्तो भएको हो कि रु

–अजय फुयाल, निवर्तमान अध्यक्ष, नेपाल खेलकुद पत्रकार मञ्च

नेपालको लािग सागको आयोजना ठूलो अवसर हो । आठौं साफ गेम्सको संरचनाले अहिलेसम्म थेगिरहेको छ । अब फेरि दुई–चार दशक थेग्ने गरी सञ्चालन गर्नुपर्छ, झारो टार्ने हिसाबले गर्नुहुन्न ।

–प्रकाश तिमल्सिना, महासचिव, नेपाल खेलकुद पत्रकार मञ्च

१३ औं साग प्रतियोगिता सकाउनेमा मात्र होइन, यसैस“ग जोडेर भौतिक पूर्वाधार लामो समयसम्मलाई हुने गरी बनाउनुपर्छ । ठूला प्रतियोतिाको आयोजनामा मिडियाको भूमिका स“धै सकारात्मक छ ।


प्रतिक्रिया दिनुहोस

Loading...