संरक्षक र प्रेरणा च्याम्पियन

राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रेरण कोइरालाले प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्स उपाधि शनिबार जितेका छन् । संरक्षक ब्वाइज र प्रेरणा गल्र्समा पहिलो बन्न सफल दुवैले दोहोरो स्वर्ण पनि जिते ।

ब्वाइज फाइनलमा संरक्षक र प्रणव खनालले १–१ सेट जितेको अवस्थामा प्रणव लडेर घाइते भएपछि रिटायर्ड हर्ट हुन पुगे । पहिलो सेट प्रणवले ६–१ र दोश्रो सेट संरक्षकले ६–३ ले आफ्नो पक्षमा पारेका थिए । यसअघि संरक्षक यु–१८ सिंगल्समा पनि च्याम्पियन बनेका थिए ।

सातदोबाटोमा भएको गल्र्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई ६–१ र ६–३ ले सहजै हराउदै दोहोरो स्वर्ण चुमिन् । यु–१४ गल्र्स सिंगल्स फाइनलमा पनि प्रेरणाले सलोनीलाई नै हराउदै पहिलो स्वर्ण जितेकी थिइन् ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेरसमूहको ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–८ को ब्वाइजमा बोरिस अधिकारी र गल्र्समा समृद्धि महर्जन, यु–९ ब्वाइजमा आयुशमानहजुर घले र गल्र्समा प्रशंसा मोक्तान, यु–१० ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा प्रशंसा मोक्तान, यु–१२ ब्वाइजमा आर्यन गिरी र गल्र्समा रायना शाह, यु–१४ ब्वाइजमा सम्यकभूषण वज्राचार्य तथा यु–१८ गल्र्समा राष्ट्रिय च्याम्पियन मायांका राणाले पहिलो स्थान हात पारेका थिए ।

विजेतालाई लनटेनिस संघका पूर्व अध्यक्ष हेमबहादुर लामा, आयोजक संघका सचिव मालिका राणा बस्नेत, सदस्यद्वय अजय विष्ट र ज्ञानेन्द्र खनाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगितामा ७२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...