जनप्रेमी कलेजद्वारा महिला भलिबल खेलाडीलाई खेल सामाग्री प्रदान

IMG_8411भक्तपुरको कौशलटारस्थित जनप्रेमी कलेजले नेपाल प्रहरीका महिला भलबिल खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ ।

बिहीबार बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुरेन्द्रबहादुर शाहलाई कलेजका प्राचार्य निलेश आचार्यले खेल सामाग्री हस्तान्तरण गरे ।

कलेजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त खेल सामाग्री सहयोग गरेको जनाएको छ । कलेजले भलिबल सहित खेलाडीको पोशाक सहयोग गरेको छ ।

कार्यक्रममा एआइजी शाहले कलेजले खेल सामाग्री सहयोग गरेर खेलाडीको मनोबल उच्च बनाएको बताए । उनले भने, ’खेलाडीलाई यसरी खेल सामाग्री प्रदान गरेर कलेजले खेलाडीको खेल भावनालाई प्रोत्साहित गरेको छ । जुन प्रसंशनीय छ ।’

उनले यसरी विभिन्न सहयोग पाउँदा खेलाडीलाई खेल खेल्न थप हौसला मिल्दै जाने बताए । उनले यो सहयोगपछि खेलाडीले अझै मेहनतका साथ खेल खेल्नेमा आफू विश्वस्त भएको बताए । उनले भने, ’खेलको विकास र विस्तारको लागि यस्ता सहयोग आवश्यक हुन्छ ।’

यसैगरी कलेजमा प्राचार्य आचार्यले महिला भलिबल खेलाडीलाई सहयोग गर्न पाएकोमा खुशी रहेको बताए । उनले अहिले महिला भलिबल टिमलाई मात्रै सहयोग गरेको कलेजले  चाँडै नै पुरुष खेलाडीलाई पनि सहयोग गर्ने बताए ।

आफू पनि भलिबल खेलाडी भएको र नेपाल प्रहरीको फ्यान भएको बताउँदै उनले भने, ’यो सहयोगले खेलाडीहरुको मनोबल बढ्ने छ भन्ने विश्वास लिएका छौं । अबका दिनमा खेलाडीको लागि आवश्यक पर्ने थप अन्य सामाग्रीहरु पनि सहयोग गर्दै जाने सोच छ ।’

उनले खेलकुदको विकास र विस्तारका लागि सहयोग गर्न कलेज सधैँ तयार रहेको बताए । उनले भने, ’कहाँ(कहाँबाट सहयोग गर्न सक्छौं भनेर म कलेज व्यवस्थापनसमक्ष कुरा राख्छु र सकेसम्म सहयोग गर्दै जान्छौं ।’


प्रतिक्रिया दिनुहोस

Loading...