गोल नेपालडटकमद्धारा जर्सी फुटवल सहयोग

IMG_2057मोरङ राजघाटका ३० जना वालिकाहरुलाई नेपाली फुटवलको निरन्तर समाचार सम्प्रेषण गर्ने गोल नेपाल डटकमले फुटवल तथा जर्सी सहयोग गरेको छ ।

आज अरनिको उच्च माविको प्राङ्ग्रणमा गोल नेपालका प्रधान सम्पादक तथा फाउण्डर बिक्रम थापाले राजघाटका ३० जना वालिकाको लागि फुटवल तथा जर्सी सहयोग गरेका हुन् । राजघाट भेट्रान फुटवल क्लवले व्यवस्थापन गरेको कार्यक्रममा स्थानीय समाजसेवी तथा भेट्रान खेलाडी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

राजघाटका ति वालवालिकाले  अरुको जर्सी मागेर लगाइरहेको र एउटा पुरानो फुटवल भएकोले समस्यामा परेको समाचार गोल नेपालमा आएपछि कतारमा रहनुभएका गोल नेपालका शुभेच्छुक राजन श्रेष्ठले उक्त जर्सी र फुटवल सहयोग गर्नुभएको थियो ।

गोल नेपालका प्रधान सम्पादक बिक्रम थापाले महिला खेलाडीहरुको संख्या पातलिदैं गएको र राज्यले त्यस तर्फ उल्लेख्य चासो नदेखाएकोले पनि आफुहरु सक्रिय भएको बताउनुभयो । ‘आज नेपालको नाम राख्ने खेलाडीहरु मोफसलका गाउँबस्तीहरुमा हुन सक्छन्,हामीले उनीहरुलाई प्रोत्साहन र हौषला बढाउनुपर्छ, थापाले भन्नुभयो,नेपालमा महिला फुटवलमा सम्भावना राम्रो भएपनि एन्फाले छारो टार्ने काममात्र गरेको छ ।

थापाले जर्सी र फुटवले मात्र वालिकाहरुको प्रगती हुन नसक्ने भन्दै उनीहरुलाई अनुशाषित हुन गर्नुभयो । थापाले भन्नुभयो‘ वालिकाहरुलाई प्रगती पथमा डोर्याउन स्थानीय तपाईहरुको महत्वपूर्ण हात हुनेछ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै राजघाट भेट्रानका अध्यक्ष अर्जुन नाल्बोले गोल नेपालको सहयोग कार्यक्रम गाउँकेन्द्रीत भएकोमा प्रशंशा व्यक्त गर्नुभयो । ‘गोल नेपाललले साना देखी ठुला सबै खेलकुद प्रतियोगिताको समाचार सम्प्रेषण गर्ने गरेको छ,नेपाल खेलाडीलाई हौषला बढाउने र खेल क्षेत्रमा भएको बिकृति पनि भण्डाफोर गरेको पाएका छौ,राजघाट भेट्रानका अध्यक्ष नाल्बोले भन्नुभयो‘ अझ हाम्रो ठाउँमा गोल नेपालले उपस्थिती जनाएर वालवालिकालाई सहयोग गरेको खुशी भएका छौ ।

वालिकाहरु जर्सि र फुटवल पाएपछि निकै खुशी भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...