विश्वकप फुटबल २०२६ अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने प्रस्ताव

चैत २९ / सन् २०२६ को विश्वकप फुटबल कुन देशमा आयोजना होला ? यस वर्ष अमेरिका, क्यानडा र मेक्सिको तीन देशले संयुक्त रुपमा आयोजना गर्ने प्रस्ताव गर्ने भएका छन् ।  

संयुक्त रुपमा विश्वकप आयोजनाका लागि फिफामा प्रस्ताव गर्ने घोषणा गरेका हुन् । अमेरिकाले यसअघि सन् १९९४ तथा मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । क्यानडाले सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो ।

प्रस्ताव अनुसार अमेरिकाले विश्वकपका ६० खेला तथा क्यानडा र मेक्सिकोले समान १०/१० खेल आयोजना गर्ने छन् । सन् २०२६ को विश्वकप आयोजनाको जिम्मा सम्बन्धी निर्णय सन् २०२० मा हुनेछ । सन् २०१८ को विश्वकप २०१८ र सन् २०२२ को कतारमा हुनेछ ।

विश्वकपमा सहभागी हुने टिमको संख्या ३२ बाट बढाएर ४८ पु¥याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...