जोर्डन एसियन कपका लागि छनौट

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको जोर्डन शतप्रतिशत जितका साथ समूह ए बाट एसियन कपका लागि छनौट भएको छ ।

समूह चरणको अन्तिम खेलमा जोर्डनले मंगलबार राती आयोजक कुवेतमाथि ३–० को जित निकाल्दै शतप्रतिशत जितका साथ एसियन कपका लागि छनौट भएको हो । स्मरण रहोस, जोर्डनले आफ्नो पहिलो खेलमा नेपाललाई २–० ले हराएको थियो भने दोस्रो खेलमा इण्डोनेसियालाई १–० ले पराजित गरेको थियो ।

जोर्डनसँगको हारले कुवेतको एसियन कपमा छनौट हुने सम्भावना समाप्त भएको छ र नेपालसँगै समूह चरणबाटै बाहिरिएको छ । समूह ए मा ९ अंक जोडेको जोर्डन शिर्ष स्थानमा छ ।

त्यस्तै ३ अंक जोडेको कुवेत तेस्रो स्थानमा छ । समान ३ अंक जोडेको इण्डोनेसिया दोस्रो स्थानमा छ । इण्डोनेसियाले आज मध्यरात मै हुने समूह चरणको अन्तिम खेलमा नेपाललाई हराए उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने पाँचौं टोलीका रुपमा एसियन कपका लागि छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...