इण्डोनेसियासँग हार्यो कुवेत

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको इण्डोनेसियाले तुलनात्मक रुपमा आफुभन्दा बलियो टोली आयोजक कुवेतलाई हराएको छ ।

कुवेत सिटीमा सम्पन्न पहिलो खेलमा इण्डोनेसियाले कुवेतलाई २–१ ले हराएको हो । खेलमा शुरुवाती अग्रता कुवेतले लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ४१औं मिनटमा युसेफ नासेरको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।

तर त्यसको चार मिनट लगतै इण्डोनेसियाका लागि मार्क क्लोकले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यस्तै ४६औं मिनटमा रचमत इरियान्टोले दोस्रो गोल थप्दै इण्डोनेसियाको सनसनीपूर्ण जित पक्का गरे ।

इण्डोनेसियाले समूह चरणको अन्तिम खेलका रुपमा १४ जुनका दिन नेपालसँग खेल्ने कार्यक्रम छ । उता कुवेतले भने शनिबार नेपालको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...