लिस्बोनमा चम्किए रोनाल्डो (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । युइएफए नेशन्स लिगको लिग ए तर्फ समूह ए टु मा रहेको पोर्चुगलले आइतबार राती स्वीजरल्याण्डमाथि ४–० को शानदार जित निकाल्दे समूहको शिर्ष स्थानमा पुगेको छ ।

लिस्बोनसमा सम्पन्न खेलको १५औं मिनटमा विलियम कारर्वाल्होको गोलबाट पोर्चुगलले खेलमा अग्रता लिएको थियो । पहिलो हाफ कै ३५ र ३९औं मिनटमा रोनाल्डोले लगातार दुई गोल गर्दै घरेलु टोलीको अग्रता तेब्बर पारे । यो दुई गोलसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गोलसंख्या ११७ समेत पुर्याएका छन् ।

त्यस्तै खेलको ६८औं मिनटमा जोआओ कान्सेलोले चौथो गोल गर्दै घरेलु मैदानमा पोर्चुगलको शानदार जित सुनिश्चित गरे । आफ्नो पहिलो खेलमा स्पेनसँग १–१ को बराबरी खेलेको पोर्चुगलको यो पहिलो जित समेत थियो । उता आइतबार नै भएको अर्को खेलमा स्पेनले चेक रिपब्लिकसँग २–२ को बराबरी खेल्यो ।

२ खेलको समाप्तीसम्म ४ अंक जोडेको पोर्चुगल गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ । समान अंक भए तापनि चेक रिपब्लिक दोस्रो स्थानमा छ । त्यस्तै २ अंकका साथ स्पेन तेस्रो स्थानमा रहँदा अंकविहीन स्वीजरल्याण्ड पुछारमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...