मेसीको नाममा रेकर्ड र उपलब्धी

काठमाडौं (एजेन्सी) । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफूलाई फेरि एकपटक उत्कृष्ट फुटबलरका रुपमा प्रमाणित गरेर देखाईदिएका छन् । आइतबार राती स्पेनमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा अर्जेन्टिनाले इस्टोनियामाथि ५–० को जित निकाल्यो ।

त्यो खेलमा अर्जेन्टिनाका लागि पाँचै गोल मेसीले गरे । अन्तर्राष्ट्रिय फुटबलमा मेसीले पहिलोपटक देशका लागि एक्लैले पाँच गोल गरेका हुन् । यद्यपि उनले क्लबका लागि भने यो उपलब्धी सन् २०१२ मै हात पारेका थिए । त्यतिबेला च्याम्पियन्स लिगतर्फ बार्सिलोनाले बायर लेभरकुसेनलाई ७–१ ले हराउँदा मेसी एक्लैले पाँच गोल गरेका थिए ।

यद्यपि आइतबार रातीको खेलमा ३४ वर्षिय मेसीले अर्को उपलब्धी पनि हासिल गरे । इस्टोनिया विरुद्ध उनले तेस्रो गोल गरेसँगै हंगेरीका फुटबल लिजेण्ड फेरेन्क पुस्कासको ८४ अन्तर्राष्ट्रिय गोलको किर्तिमान पनि बराबरी गरे । देशका लागि उनको त्यो आठौं अन्तर्राष्ट्रिक समेत थियो ।

त्यति मात्र नभएर आइतबार राती इस्टोनिया विरुद्धको त्यो गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसी चौथो स्थानमा पुगेका छन् । मेसीले अहिलेसम्म देशका लागि १६२ क्यापमा ८६ गोल गरिसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...