रोमा च्याम्पियन, मौरिन्होको रेकर्ड

काठमाडौं (एजेन्सी) । युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिताका रुपमा यसै सिजनबाट शुरु भएको युइएफए युरोपा कन्फिरेन्स लिगको उपाधि इटालियन क्लब एएस रोमाले जितेको छ ।

अल्बानियामा भएको फाइनल भिडन्तमा रोमाले डच क्लब फेयनुर्डलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो । रोमाका लागि पहिलो हाफको ३२औं मिनटमा निकोलो जानिओलोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

यो उपाधिसँगै रोमाका म्यानेजर जोसे मौरिन्होले पनि एक विशेष उपलब्धी आफ्नो नाममा लेखाए । कन्फिरेन्स लिग जितेसँगै युरोपियन क्लब फुटबलको तीनै उपाधि जित्ने उनी एक्लो र पहिलो म्यानेजर समेत बने ।

उनले यसअघि एफसी पोर्टाे र इन्टर मिलानका लागि च्याम्पियन्स लिग जितेका थिए । त्यस्तै सन् २०१६–१७ को सिजनमा उनले म्यानचेष्टर युनाइटेडका लागि युरोपा लिगको उपाधि पनि जितेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...