मिलानलाई ११ वर्षपछि १९औं उपाधि

काठमाडौं (एजेन्सी) । इटालियन महारथी एसी मिलानले ११ वर्षपछि प्रतिष्ठित इटालियन सिरि ए को उपाधि जितेको छ । आइतबार राती निर्णायक खेलमा सासुओलोमाथि ३–० को जित निकाल्दै मिलानले समग्रमा १९औं पटक लिग उपाधि जित्न सफल भएको हो । स्मरण रहोस, यसअघि अन्तिम पटक सन् २०१०–११ मा मिलानले सिरि ए को उपाधि जितेको थियो ।

यस सिजन ३८ खेलबाट ८६ अंक जोडेको मिलान शिर्ष स्थानमा रह्यो । मिलानलाई कडा चुनौति दिएको उसको निकटतम तथा प्रतद्विन्द्वी इन्टर मिलान ८४ अंकका साथ दोस्रो स्थानमा रह्यो । इन्टरले पनि आफ्नो अन्तिम खेलमा साम्पडोरियालाई समान ३–० को अन्तरले हरायो । तर त्यो जित इन्टरलाई लिग उपाधिका लागि प्रर्याप्त बनेन ।


प्रतिक्रिया दिनुहोस

Loading...