फ्रान्कफर्टलाई युरोपा लिगको उपाधि (भिडियोसहित)

काठमाडौं (एजैन्सी) । जर्मन क्लब इन्ट्रयाक्ट फ्रान्कफर्टले दशकौंपछि प्रतिष्ठित युरोपा लिगको उपाधि जित्न सफल भएको छ । स्मरण रहोस, फ्रान्कफर्टले यसअघि युरोपियन क्लब फुटबलको उपाधि सन् १९७९–८० मा युइएफए कपका रुपमा जितेको थियो ।

फ्रान्कफर्टले बुधबार राती सम्पन्न युरोपा लिगको फाइनलमा स्कटिस क्लब रेन्जर्सलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो । स्पेनिस शहर सेभिलेमा सम्पन्न फाइनल भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको ५७औं मिनटमा जोसेफ आरिबोको गोलबाट रेन्जर्सले शुरुवाती अग्रता लिए पनि त्यसलाई केहीबेरमै गुमाउन पुग्यो । उता ६९औं मिनट राफेल बोरेले फ्रान्कफर्टका लागि बराबरी गोल फर्काएका थिए । त्यसपछिको निर्धारित समय र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा भने फ्रान्कफर्टले नतिजा आफ्नो पक्षमा पार्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...