ऐतिहासिक सफलतातर्फ अग्रसर लिभरपुल

काठमाडौं (एजेन्सी) । इङलिस जायन्ट लिभरपुल यस सिजन ऐतिहासिक चार उपाधि जित्ने यात्रामा छ । शनिबार वेम्बली रंगशालामा भएको एफए कप फाइनलमा चेल्सीलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराएपछि रेडसको त्यो ऐतिहासिक उपाधिको सम्भावना कायम रहेको हो ।

निर्धारित समयको खेल र अतिरिक्त समयको खेलमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो । जसमा रेडसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । स्मरण रहोस, लिभरपुलले गत फेब्रुअरीमा सम्पन्न इङलिस लिग कपको फाइनलमा पनि चेल्सीलाई हराउँदै उपाधि जितेको थियो ।

त्यति मात्र होईन, लिभरपुल यस सिजन इङलिस प्रिमियर लिगको उपाधि जित्ने यात्रामा पनि छ । साथै प्रतिष्ठित च्याम्पियन्स लिगको फाइनलमा पनि उपाधिका लागि रियल मेड्रिडसँग भिड्ने तय भईसकेको छ ।

उता चेल्सीको यो लगातार दोस्रो एफए कप फाइनल समेत हो । गत सिजन पनि फाइनलमा पुगेको ब्लुजलाई त्यतिबेला लेस्टर सिटीलाई हराउँदै निराश बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...