चेल्सीलाई हराएर इभर्टनको जोगिने आशा कायमै

काठमाडौं (एजेन्सी) । रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको इभर्टनले आइतबरा इङलिस प्रिमियर लिगमा महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न खेलमा इभर्टनले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै महत्वपूर्ण जित दर्ता गरेको हो ।

दोस्रो हाफको शुरुवाती मिनट मै ब्राजिलियन फरवार्ड रिचार्लिसनले गरेको एक मात्र गोल इभर्टनलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । यो जितका बावजुद ३३ खेलबाट ३२ अंक जोडेको इभर्टन रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ र रेलिगेशन क्षेत्र भन्दा बाहिरको टोली बर्नली र लिडस् भन्दा २ अंकले मात्र पछाडी छ ।

उता हार बेहोरेको चेल्सी ३४ खेलबाट ६६ अंकका साथ तेस्रो स्थानमा छ । साथै यो हारले लण्डन क्लबको शिर्ष चारमा रहने सम्भावना पनि धरापमा पर्न पुगेको छ ।

उता आइतबार नै भएको अर्को खेलमा टोटेनह्याम हट्सपुरले लेस्टर सिटीलाई ३–१ ले हरायो । यो नतिजापछि ३४ खेलबाट ६१ अंक जोडेको टोटेनह्यामको शिर्ष चारमा पर्ने सम्भावना कायम छ । उता पराजित लेस्टर भने ४२ अंकका साथ ११औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...