स्तब्ध बन्यो लिडर बायर्न

काठमाडौं (एजेन्सी) । यस सिजन जर्मन बुण्डेसलिगाको उपाधि जितिसकेको बायर्न म्युनिख शनिबार मैन्जसँग ३–१ ले स्तब्ध बन्न पुगेको छ । मेन्जको घरेलु मैदानमा भएको खेलमा बायर्नले पहिलो हाफ मै खेलका फर्कने प्रयास गरे पनि सफल भएन ।

खेलको १८औं मिनटमा जोनाथन बुकार्टको गोलबाट मेन्जले खेलमा अग्रता बनाएको थियो । २७औं मिनटमा मुसा निखाटेले मेन्जको त्यो अग्रता दोब्बर पारे । यद्यपि ३३औं मिनटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले खेलमा फर्कने प्रयास गर्यो तर सफल भएन ।

दोस्रो हाफतर्फ ५७औं मिनटमा लिआन्ड्रो बारेरोले मेन्जका लागि तेस्रो गोल थप्दै घरेलु टोलीको जित पक्का गरे । खेलमा हारका बावजुद च्याम्पियन बायर्न ३२ खेलबाट ७५ अंकका साथ लिगतालिकाको शिर्ष स्थान मै छ । उता महत्वपूर्ण जित निकालेको मेन्ज भने ४२ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...