अन्ततः अस्ताए फुटबलका ‘सुपर एजेन्ट’ मिनो

काठमाडौं (एजेन्सी) । आधुनिक फुटबल स्थानान्तरण बजारमा ‘सुपर एजेन्ट’को उपनाम पाएका मिनो राओलाको निधन भएको छ । मिनोको निधनबारे उनको परिवारले पनि पुष्टी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको निधनबारे यसअघि पनि विभिन्न सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका थिए । यद्यपि त्यतिबेला उनी उपचाररत नै रहेको र निधन नभएको कुरा उनको निकट श्रोतले पुष्टी गरेको थियो ।

गत जनवरीदेखि अस्पतालमा उपचाररत रहेका मिनो आन्द्राको गम्भिर समस्याबाट पीडित थिए । उनको निधनप्रति विश्व फुटबल जगतले नै दुःख व्यक्त गरेको छ ।

आफ्नो व्यवसायीक करियरमा ज्लाटन इब्राहिमोभिच, पाउल पोग्बा, इर्लिङ हालण्ड, जियानलुइजी डोनारम्मा, मार्को भेराटी जस्ता स्टार खेलाडीहरुको एजेन्टका रुपमा काम गरेका मिनो ‘सुपर एजेन्ट’का रुपमा परिचित थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...