इपिएलः म्यान्चेस्टर युनाईटेडको सहज जीत, सण्डरल्याण्ड ३–० ले पराजित

चैत २७ – सण्डरल्याण्ड दोस्रो हाफभर १० खेलाडीमा सीमित बन्दा म्यान्चेस्टर युनाईटेडले सहज जीत हात पारेको छ । ईङलिस प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा म्यान्चेस्टर युनाईटेडले सण्डरल्याण्डलाई ३–० गोलले पराजित गरेको हो ।

सण्डरल्याण्डका सेवेस्टियत लार्सन ४३ औं मिनेटमा रातो कार्ड खाएर बाहिरिए । पहिलो हाफमा १ गोल खाएको सण्डरल्याण्डले दोस्रो हाफमा दुई गोल बेहोर्न बाध्य बन्यो । खेलको ३० औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै अग्रता दिलाए । उनी खेलमा म्यान अफ दि म्याच पनि बने । दोस्रो हाफको सुरुमै हेनरिकले अग्रता दोब्बर पार्दा ८९ औं मिनेटमा मार्कुस्ले टोलीका लागि तेस्रो गोल गरे ।

यो जितपछि म्यान्चेस्टर युनाईटेडले चौथो स्थानमा उक्लने सम्भावना बलियो पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...