सलाहले जिते प्रतिष्ठित अवार्ड

काठमाडौं (एजेन्सी) । लिभरपुलका इजिप्शियन स्टार मोहमद सलाहले इङल्याण्डको फुटबल राईटर्स एसोसिएशनले वार्षिक रुपमा प्रदान गर्ने प्रतिष्ठित वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

२९ वर्षे सलाहले पुरुषतर्फ दोस्रोपटक यो प्रतिष्ठित अवार्ड जित्न सफल भएका हुन् । उनले यसअघि यो अवार्ड सन् २०१८ मा पहिलो पटक जितेका थिए । लिभरपुलका लागि यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै सलाहले कुल ३० गरिसकेका छन् । जसमा २२ गोल प्रिमियर लिगमा गरेका छन् ।

गत फेब्रुअरीमा सम्पन्न लिग कपको फाइनलमा चेल्सीलाई हराएर रेडसलाई उपाधि जिताउन सलाहको पनि अहम भूमिका रहेको थियो । लिभरपुलले यस सिजन लिगसँगै चार उपाधि जित्ने अभियानमा पनि छ । जसमा सलाहले पनि अहम भूमिका निर्वाह गरिरहेका छन् ।

त्यस्तै महिलातर्फको वर्ष खेलाडी भने चेल्सीकी अष्ट्रेलियन स्टार साम केरले जितेकी छिन् । यस सिजन केरको प्रदर्शन पनि एतकृष्ट छ र चेल्सीका लागि उनले कुल १८ गोल पनि गरिसकेकी छिन् । साथै चेल्सीलाई यस सिजन एफए कपको फाइनलमा पुर्याउन उनको योगदान पनि महत्वपूर्ण रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...