मर्सिसाईड डर्बीमा लिभरपुलको जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । मर्सिसाईड डर्बीमा रोमाञ्चक जित निकाल्दै लिभरपुलले लिगतालिकामा लिगलिडर म्यानचेष्टर सिटीसँगको दुरी फेरि एक अंकमा छोट्याएको छ ।

घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले शहरी प्रतिद्वन्द्वी इभर्टनमाथि २–० को जित निकाल्यो । लिभरपुलका लागि ६२औं मिनटमा एन्डी रोबर्टसन र ८५औं मिनटमा डवोक ओरिगीले गोल गरे ।

यो नतिजापछि ३३ खेलबाट ७९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । उता ८० अंकका साथ सिटी भने शिर्ष स्थानमा छ । उता लिभरपुलसँग पराजित इभर्टन भने २९ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा झरेको छ ।

त्यस्तै आइतबार राती नै वेस्ट ह्यामलाई १–० ले हराएको चेल्सी ३२ खेलबाट ६५ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै आइतबार नै भएका अन्य खेलहरुमा बर्नलीले वुल्भ्समाथि १–० को जित निकाल्यो भने ब्राईटन र साउथाम्पटनले २–२ गोलको बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस

Loading...