सिटीको जितमा ग्याब्रिलको ह्याट्रिक

काठमाडौं (एजेन्सी) । ब्राजिलियन स्टार ग्याब्रिल जिसुसले ह्याट्रिक गरेको खेलमा म्यानचेष्टर सिटीले वाटफोर्डमाथि ४–१ को शानदार जित निकालेको छ । जिसुसले खेलको ४, २३ र ४९औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनले तेस्रो गोल भने पेनाल्टीबाट गरेका थिए ।

सिटीका लागि थप एक गोल ३४औं मिनटमा रोड्रीले गरेका थिए । उता पराजित वाटफोर्डका लागि एक मात्र गोल २८औं मिनटमा कमाराले गरे तापनि डिफेन्डिङ च्याम्पियन सामू निरीह बन्यो वाटफोर्ड ।

यो जितसँगै ३३ खेलबाट ८० अंक जोडेको सिटी शिर्ष स्थानमा छ । र दोस्रो स्थानको टोली लिभरपुलभन्दा ४ अंकले अगाडी पनि छ । यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ । उता पराजित वाटफोर्ड भने २२ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...