आर्सनलसँग निराश बन्यो म्यानचेष्टर

काठमाडौं (एजेन्सी) । पछिल्ला केही खेल यता थप खराब लयमा देखिएको म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा शनिबार आर्सनलसँग उसकै घरमा ३–१ ले पराजित भएको छ ।

खेलको तेस्रो मिनट मै नुनो तवारेजको गोलबाट आर्सनलले शुरुवाती अग्रता लिएको थियो । ३२औं मिनटमा बुकायो साकाले पेनाल्टीबाट गनर्सका लागि दोस्रो गोल थपे ।

यद्यपि त्यसको दुई मिनट लगतै क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टरका लागि सुन्दर गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर सफल भएनन् । यद्यपि प्रमियर लिगमा रोनाल्डोले १०० गोलको आँकडा छुन भने सफल भए ।

खेलको ५७औं मिनटमा म्यानचेष्टरले पेनाल्टीको अवसर पनि पाएको थियो । तर त्यो पेनाल्टी अवसरलाई ब्रुनो फर्नान्डेसले गोलमा परिणत गर्न सकेनन् । त्यस्तै ७०औं मिनटमा ग्रानिट हाकाले तेस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।

यो जितसँगै ३३ खेलबाट ६० अंक जोडेको आर्सनल चौथो स्थानमा छ र लिगको शिर्ष चारमा रहेर सिजनको समापन गर्ने सम्भावनालाई कायम राखेको छ । उता पराजित म्यानचेष्टर युनाइटेड भने ३४ खेलबाट ५४ अंकका साथ छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...