लिग उपाधि नजिक बायर्न (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । जर्मन बुण्डेसलिगाको लिगलिडर बायर्न म्युनिख उपाधि नजिक पुगेको छ । आइतबार रेलिगेशन क्षेत्रको अर्मिनियालाई ३–० ले हराएको बायर्न चार खेलहरु बाँकी छँदा लिगतालिकामा ९ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ ।

३० खेलबाट ७२ अंक जोडेको बायर्न शिर्ष स्थानमा छ र दोस्रो स्थानको टोली बोरुसिया डर्टमुण्ड भन्दा ९ अंकले अगाडी छ । यदि बायर्नले अर्को साता हुने लिग म्याचमा डर्टमुण्डलाई पराजित गरे जर्मन जायन्टको लिग उपाधि पक्का हुनेछ ।

उता बायर्नसँग पराजित अर्मिनिया ३० खेलबाट २६ अंकका साथ रेलिगेशन क्षेत्रको १७औं स्थानमा छ । र रेलिगेशन क्षेत्रबाट जोगिन संघर्षरत पनि छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...