फेरि चेल्सी र लिभरपुलको उपाधि भिडन्त, ब्लुजलाई बदला लिने अवसर

काठमाडौं (एजेन्सी) । इङलिस फुटबलमा चेल्सी र लिभरपुल यस सिजन दोस्रोपटक फाइनलमा भिड्ने तय भएको छ । आइतबार राती वेम्बली स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा चेल्सीले शहरी प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसमाथि २–० को जित निकाल्यो र लिभरपुलसँगको फाइनल भेट पक्का गर्यो ।

स्मरण रहोस, चेल्सी र लिभरपुल गत फेब्रुअरीमा पनि इङलिस लिग कपको फाइनलमा भिडेका थिए । त्यतिबेला लिभरपुलले चेल्सीलाई पेनाल्टी शुटआउटमा निराश बनाउँदै उपाधिमाथि कब्जा जमाएको थियो । त्यहि फाइनल हारको बदला लिने अवसर फेरि चेल्सीलाई जुरेको छ ।

लिभरपुलले शनिबार मात्र बलियो म्यानचेष्टर सिटीलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको थियो । फाइनल खेल १४ मईका दिन वेम्बली स्टेडियम मै हुने कार्यक्रम छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...