रोनाल्डोको ह्याट्रिकमा म्यानचेष्टरको रोमाञ्चक जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि इङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको सातौं मिनटमै रोनाल्डोले पहिलो गोल गरेका थिए । ३२औं मिनटमा व्यक्तिगत दोस्रो गोल गरे । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा नर्विचले गोल फर्कायो । काइरन डवेलले पाहुना टोलीका लागि पहिलो गोल फर्काए ।

दोस्रो हाफको ५२औं मिनटमा टिमु पुक्कीले नर्विचका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए । तर हार नमानेको रेड डेविल्सका लागि ७६औं मिनटमा रोनाल्डोले तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने घरेलु टोलीलाई रोमाञ्चक जित समेत दिलाए ।

यो नतिजापछि ३२ खेलबाट ५४ अंक जोडेको म्यानचेष्टर पाँचौं स्थानमा छ र शिर्ष चारमा रहेर आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावना कायम राखेको छ । उता पराजित नर्विच भने २१ अंकका साथ पुछारमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...