पोर्चुगल विश्वकपका लागि छनौट (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । युरोपियन महारथी पोर्चुगल छैठौं पटक प्रतिष्ठित फिफा विश्वकपका लागि छनौट भएको छ । मंगलबार राती भएको युरोपियन छनौटको प्ले अफ फाइनलमा नर्थ मेसिडोनियालाई २–० ले हराएपछि पोर्चुगलको कतार विश्वकपको टिकट पक्का भएको हो ।

पोर्टो स्थित घरेलु मैदान स्टाडियो डो ड्रेगाओमा भएको निर्णायक खेलमा पोर्चुगलका लागि ३२ र ६५औं मिनटमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । उनले पहिलो गोल क्रिष्टियानो रोनाल्डो र दोस्रो गोल डिओगो जोटाको पासमा गरेका थिए ।

यो नतिजापछि रोनाल्डोले पनि आफ्नो करियरको पाँचौं विश्वकप खेल्ने तय भएको छ । उमेरले ३७ वर्ष पुगिसकेका यी पोर्चुगिज सुपरस्टारको सम्भवत यो अन्तिम विश्वकप हुनछ ।

पोल्याण्ड पनि कतार विश्वकपका लागि छनौट

त्यस्तै अर्को टोली पोल्याण्ड पनि यसै वर्ष हुने कतार विश्वकपका लागि छनौट भएको छ । पाथ बी तर्फ प्ले अफ फाइनलमा पोल्याण्डले स्वीडेनमाथि २–० को जित निकाल्यो । पोल्याण्डका लागि स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले ४९औं मिनटमा पेनाल्टीबाट पहिलो गरे । त्यस्तै दोस्रो गोल भने ७२औं मिनटमा सेवास्टिन जिलिन्स्कीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...