म्यानचेस्टर सिटीको पाँचौ खेलमा जित, चेल्सी र लिभरपुलले पनि जिते

चैत २७ – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले अंक दुरी फराकिलो पार्दा म्यानचेस्टर सिटीले इंग्लिस जितबिहीन यात्रा टुंग्याएको छ ।  लिभरपुल पनि विजयी भएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले बोर्नमाउथलाई ३–१ ले हरायो । दोस्रो स्थानको टोटनह्यामसँगको अंक दूरी सात बनाएको छ । चेल्सीको जितमा इडन हजार्ड र मार्कस एलोन्सोले गोल गरे । त्यसअघि बोर्नमाउथका एडम स्मिथले आत्मघाती गोल गरे । बोर्नमाउथका लागि जोशुए किङले एक गोल गरे । जितपछि शीर्ष स्थानको चेल्सीको ३१ खेलबाट ७५ अंक भएको छ ।

म्यानचेस्टर सिटीले  जितबिहीन यात्रा टुंग्याएको छ । लगातार चार खेलमा विजयी हुन नसकेको म्यानचेस्टर सिटीले लिग अन्तर्गत शनिबार राति भएको खेलमा हल सिटीलाई ३–१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन सर्जियो अग्युरो र फाबिएन डेल्फले गोल गरे । हल सिटीका अहमद एलमोहमदीले आत्मघाती गोल गरे । स्टोकका लागि एन्ड्रिया रोनोकियाले एक गोल फर्काए । जितपछि चौथो स्थानको म्यानचेस्टर सिटीको ३१ खेलबाट ६१ अंक भएको छ ।

अर्को खेलमा लिभरपुल विजयी भएको छ । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेपनि लिभरपुलले स्टोक सिटीलाई २–१ ले हराएको हो । ४४ औं मिनेटमा जोन वाल्टर्सले गोल गर्दै पहिलो हाफमा स्टोक सिटीले १–० को अग्रता लियो । ७० औं मिनेटमा फिलिप कोन्टिन्होले लिभरपुलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि रोबर्टो फिरमिनोले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता लियो । जितपछि लिभरपुल तेस्रो स्थानमै कायम छ । उसको ३२ खेलबाट ६३ अंक भएको छ । 

वाट्फोर्डलाई ४–० ले हराएको दोस्रो स्थानको टोटनह्यामको ६८ अंक भएको छ ।  राति नै भएका अरु खेलमा वेष्ट ह्यामले स्वान्सी सिटी र साउथह्यामप्टनले वेष्ट ब्रोमलाई समान १–० हरायो । मिडल्सबर्ग र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...